काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जनामा पीसीआर पुष्टि भएको छ । भने ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा एन्टीजेन पोजेटिभ देखिएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७० हजार २ सय २४ पुगेको छ ।
त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको हो ।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ६ रहेको छ ।