काठमाडौं । सोमबार राति करिब ९ बजेपछि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी अवरुद्ध भएको थियो ।
करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन्। केहि सेवाहरु अझै पनि पूर्ण रूपमा काम गरीरहेका छैनन् , आफ्ना सेवाले शत प्रतिशत काम गर्न भने केही समय लाग्ने फेसबुकका प्रमुख प्रविधि अधिकृतले बताएका छन्।
सन् २०१९ मा पनि लगभग एक घण्टा सम्म फेसबुकको सेवाअवरुद्ध भएको थियो । फेसबुकले त्यतिबेला सर्भर कन्फिगरेसन परिवर्तनलाई दोषी ठहराएको थियो ।
यस पटक फेसबुकले के समस्या भएको थियो भन्ने खुलाएको छैन।