काठमाडौं । दशैँको अवसर पारेर  असोज २६ देखि प्रदर्शन हुन लागेको फिल्म ‘डाँडाको वरपीपल’को आइतबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ ।

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, रुबिना थापा, गौरी मल्ल, विनोद न्यौपाने, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको छ। बूढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले निर्माण गरेको फिल्मको स्क्रिप्ट रामकाजी घिमिरेले लेखेका हुन् ।

ट्रेलर बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक  गरिएको छ ।