काठमाडौं । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ‘भिडियो एक्सरे सेवा’ सुरुआत गर्ने भएको छ । टोखा नगरपालिका-२ मा सञ्चालित उक्त केन्द्रले यही असोज २२ गतेदेखि प्रत्येक शुक्रबार सो सेवा सुरु गर्न लागेको हो ।
केन्द्रका प्रमुख डा. एरिसा पौडेलले स्वास्थ्य संस्थामा निशुल्क भिडियो एक्स-रे युएसजी र अल्टासोनोग्राम सेवा प्रदान गर्न लागेको जानकारी दिएका छन् । स्वास्थ्य केन्द्रलाई वाग्मती प्रदेशले प्रादेशिक अस्पतालका रुपमा रुपान्तरण गर्नका लागि यसअघि नै निर्णय गरिसकेको छ । टोखाका ११ वटै वडामा स्वास्थ्य केन्द्र सञ्चालित छन् ।