काठमाडौं । लोकप्रिय पौराणिक टेलिसिरियल ‘रामायण’मा ‘रावण’को भूमिका निभाएका अभिनेताको निधन भएको छ । रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको ८२ वर्षको उमेरमा निधन भएको हो।
उनले करिब ३ सयभन्दा बढि हिन्दी र गुजराती फिल्ममा अभिनय गरेका छन् । ८२ वर्षीय अभिनेता अरविन्दले पौराणिक टेलिश्रृंखला रामायणमा उनी लंकाका राजा रावणको भूमिका निभाएका थिए । उनको मुम्बइस्थित हृदयघातबाट मंगलबार राति निधन भएको पारिवारिक सदस्यले जानकारी दिएको छ ।
अभिनेता त्रिवेदीको मृत्युपछि उनका सहकर्मी र थुप्रै कलाकारहरु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् ।