काठमाडौं । रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा गायक तथा मोडल प्रकाश सपुत नियुक्त भएका छन् ।
नयाँ म्युजिक भिडियो लन्च गर्न राखिएको पत्रकार सम्मेलनमा कम्पनीले ब्रान्ड एम्बेसडरमा सपुतलाई नियुक्त गरेको हो । सपुतलाई उक्त ब्रान्डले दुई वर्षको लागि अनुबन्धित गरेको हो ।
रोयल पेन्ट सँग जोडिन पाउँदा भित्र देखी नै खुसी भएको सपुतको भनाइ छ। प्रकाश भन्छन्, दुई वर्षसम्म सिर्जना र गायकीमार्फत रोयल पेन्ट्स सँग आबद्ध हुन्छु ।
