काठमाडौं । पाकिस्तानमा बिहीबार बिहान भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहान ३ बजेतिर दक्षिणी पाकिस्तानको बलोचस्तानमा ५।८ म्याग्नेच्युडको भूकम्प गएको हो।

बिबिसीमा प्रकाशित समाचार अनुसार भूकम्पबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्न सक्नेछ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले सम्म १८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण आइसकेको छ ।