काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बिहीवार थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुर्ई हजार ३५ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नौमा एआरटी पीसीआर र दुईमा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा छ र जिल्ला अस्पताल बैतडीमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कैलालीका दुई जनामा सङ्क्रमण देखिएको हो ।
गएको २४ घण्टामा प्रदेशभर १५ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा २३ जनामा सङ्क्रमणको पुष्टि हुँदा २५ जना निको भएका छन् ।