काठमाडौं । शाहरुख खानका छोरा आर्यन खानलाई थप १४ दिनको न्यायिक हिरासतमा पठाइनेछ ।
मुम्बई क्रुज ड्रग्स पार्टी केसमा अझै नुसन्धान चलिरहेको छ। मुद्दा विवादास्पद बन्दै गएको छ अनौपचारिक व्यक्ति को संलग्न भएका कारण छापाको बारेमा धेरै प्रश्नहरु उठिरहेका छन् । आज आर्यन खानका वकिलले अदालतमा जमानत माग गर्ने भएका छन्।
ऋतिक रोशन आर्यनको समर्थनमा आएका छन् । ऋतिक ले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आर्यनको फोटो सेयर गरेर आफ्नो समर्थन दिएका छन्। ऋतिकले आफ्नो पोस्टमा लेखेका छन “मेरो प्यारो आर्यन, जिन्दगी एउटा अनौठो यात्रा हो। यो पनि धेरै राम्रो छ, किनकि यो अनिश्चित छ। भगवान दयालु हुनुहुन्छ। उहाँले सबै भन्दा कठिन चीजहरु सबै भन्दा कठिन मानिसहरुलाई दिनुहुन्छ। तिमीलाई थाहा छ की भगवानले त्यती बेला हामीलाई छान्नुहुन्छ जतिबेला हामी सबैभन्दा मुस्किल समयमा हुन्छौं । तपाइँ कठिन परिस्थितिको बीचमा आफैंलाई सम्हाल्नको लागी दबाब महसुस गर्न सक्नुहुन्छ। ”
भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर आर्यन खानलाई हिरासतमा लिएका थिए ।