काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ४ सय रहेको थियो । भने आज मूल्य तोलामा २ सयले वृद्धि भइ प्रतितोला छापावाला सुन ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार १ सय ५० रहेको छ ।आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बिहीबार प्रतितोला चाँदी १ हजार १ सय ७० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।