काठमाडौं । अभिनेत्री निता ढुंगानाको निर्देशनमा बनेको ‘जय जय निलकण्ठ’ बोलको भजन सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा भगवान शिवको भजन सार्वजनिक गरिएको हो।

गायक सुगम पोखरेलको स्वर  मा रहेको भजनको शब्द तथा कन्सेप्ट ज्योतिष तथा कलाकार हरिहर अधिकारीले तयार पारेका हुन्। निताले निर्देशन गरेको भजनको भिडियोमा हरिहर अधिकारीका साथै निताको नै अभिनय देख्न सकिन्छ।

यसै भजनमार्फत निताले निर्देशनमा डेब्यू गरेकी छिन्।

यसअघि पनि निता फिल्म्सबाट निताकै स्वरमा गणेश भजन पनि सार्वजनिक भइसकेको छ।