काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापाले आज (शुक्रबार) विवाह गरेका छन् । सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवालसँग उनि विवाह बन्धनमा बाँधिएका छन् ।

लभ स्टोरी फिल्म निर्देशनमा माहिर मानिएका थापाले, ‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा डेब्यु गरेका हुन् । र उनले ‘प्रेमगीत’ ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत थुप्रै हिट फिल्मका निर्देशक गरेका छन् ।

गत महिना भदौ २१ गते सुदर्शनको जन्मदिनको अवसर पारेर यि दुईले इङ्गेजमेन्ट गरेका थिए। सुदर्शन र सुप्रिया विगत एक बर्ष देखि प्रेममा थिए ।