काठमाडौं । उमेश श्रेष्ठको जिम्मेवारी फेरीएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारीमा रहेका श्रेष्ठलाई राज्यमन्त्री सरहको सुविधासहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको जिम्मेवारी पाएका हुन् ।
शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रधानमन्त्री देउवाले श्रेष्ठको जिम्मेवारी हेरफेर भएको हो ।
त्यसैगरी सरकारका प्रवक्ता समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको जिम्मेवारी पनि जिम्मेवारी हेरफेर गरिएको छ । कार्कीलाई सञ्चार एवं सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको हो ।