काठमाडौं । आज विश्व हुलाक दिवस । हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको ९ तारिखमा मनाइन्छ ।
सन् १८७४ मा जापानको टाकियोमा अन्तराष्ट्रिय हुलाक सँघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाक वाट शुरुभएको हो, मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसँग कुरागर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो ।
धेरैपरसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरुले आफ्नो जिवनकालनै विताएका छन्, आज उनिहरुको संझना गर्ने दिन पनि हो । गाँउघरमा राती वस्दा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनिहरु त्यतिवेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात हुलाकीहरु पत्रको झोला सहित हिँड्ने गर्दथे, यसो गर्दा राती बास बस्न पर्दथ्यो ।
अझै पनि कतिपय शहर अनि ठाँउहरुमा पत्रमञ्जुसा लेखिएको पत्र हाल्ने रातो चुच्चोआकारको भाँडोहरु छन जहाँ नियमितरुपमा एकसमयमा हुलाकीहरु आएर पत्र लिएर जानेगर्दछन । विस्तारै आकाशवाणी, ट्रकंल फोन, दुरसंचार, मेसेन्जर, च्याटरुम, ईमेल, फेसवुक, ट्वीटर हुँदै हातहातको मोवाइलले यो यूगको सञ्चारलाई नयाँ परिभाषा दिएको छ । तर हुलाकको तस्वीर अनि मोह यो पुस्ताले कहिल्यै विर्सने छैन, स्कूले केटाकेटीहरुपनि स्कूलमा लेखन अभ्यासको क्रममा वूवा, आमा या साथीलाई पत्र लेख्दै सिकेर आएका छन् र यसरी चिठीलेख्दा प्रापक र प्रेषक भनेँर हुलाककै सञ्चारआधारमा अभ्यास गराइन्छ ।