काठमाडौं । अक्षय कुमारको मुख्य भूमिकामा बलिउड फिल्म ‘ओ माइ गड २’ बन्ने भएको छ ।

‘ओ माइ गड’ सन् २०१२ को सर्वाधिक मनपराइएको बलिउड फिल्म थियो। अभिनेता अक्षय कुमार, परेश रावल र मिथुन चक्रवतीको मुख्य भूमिका रहेको यो फिल्मले व्यवसायिक सफलतासँगै आलोचना पनि खेप्नुपरेको थियो।

भिन्न शैलीको प्रस्तुति र कथा भएको ‘ओ माइ गड’ गम्भीर विषयमा बनेको हास्यप्रधान चलचित्र हो । यो चलचित्र अझै पनि भारतीयबीचमा निकै लोकप्रिय छ ।

चलचित्र बनेको झण्डै एक दशकपछि ‘ओ माइ गड’ को सिक्वल ‘ओ माइ गड २’ बन्ने भएको हो । यो चलचित्रमा अक्षय कुमारसँगै पंकज त्रिपाठी र अभिनेत्री यामी गौतम पनि देखिने छन् ।

आश्विन वरदेको प्रोडक्सनमा बन्न लागेको यो चलचित्र अमित राईको निर्देशनमा बन्न लागेको हो । हास्यव्यंग्य ‘ओ माई गड २’ को अहिले छायांकनको काम भइरहेको जनाइएको छ । ‘ओ माइ गड २’ को कथा चलचित्रले विध्यार्थीमा परीक्षाको दबाब र कलेज भर्नाजस्ता शैक्षिक विषयलाई प्रस्तुत गर्ने निर्माण पक्षको भनाई छ ।