काठमाडौं । नेपाल राष्ट्र बैंकले जनाए अनुसार अजा नेपाली बजारमा अमेरिकी डलर एकको खरिद दर ११९.६८ रुपैयाँ र विक्री दर १२०।.२८ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३८.३९ रुपैयाँ र विक्री दर १३९.०९ रुपैयाँ रहेको छ ।
यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६३.०५ रुपैयाँ र विक्री दर १६३.५४ रुपैयाँ रहेको छ भने स्वीच फ्रङ्क एकको खरिद दर १२८.९० रुपैयाँ र विक्री दर १२९.५४ रुपैयाँ रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४० रुपैयाँ र विक्री दर ८७.८४ रुपैयाँ रहेको छ ।
आज क्यानडियन डलर एकको खरिद दर ९५.४६ रुपैयाँ र विक्री दर ९५.९४ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद ८८।२८ रुपैयाँ र विक्री दर ८८।७२ रुपैयाँ रहेको छ । यस्तै आज जापनिज युवान १० को खरिद दर १०.७० रुपैयाँ र विक्री दर १०.७६ रुपैयाँ रहेको छ ।
यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.५६ रुपैयाँ र विक्री दर १८.६५ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.९१ रुपैयाँ र विक्री दर ३२.०७ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.७१ रुपैयाँ र विक्री द ३२.८७ रुपैयाँ रहेको छ ।
यस्तै युएई दिराम एकको खरिद दर ३२.५८ रुपैयाँ र विक्री दर ३२.७५ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको खरिद दर ३९६.७६ रुपैयाँ र विक्री दर ३९८.७५ रुपैयाँ रहेको छ । यस्तै बहराइन दीनार एकको खरिद दर ३१७.४५ रुपैयाँ र विक्री दर ३१९.०४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।