काठमाडौं । नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ ।

चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने छ । सो चलचित्रमा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतका कलाकारको अभिनय छ ।

सुटिङको क्रममा परिनिती चोपडा ले नेपालका भिभिन्न ठाउँहरूको तस्विर आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकि छिन्।
उनले आफु हिमालमुनि मेडिटेसन गर्दै गरेको तस्वीर पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकि हुन् ।
चोपडा ले “शुभ प्रभात, सगरमाथा। तपाईंले आज मलाई नम्रताको पाठ सिकाउनुभयो।” लेखेर तस्विरहरु पोष्ट गरेकि छिन् ।