पाल्पा । रम्भा गाउँपालिका-१ का कृषकलाई बाख्रा वितरण गरिएको छ । यहाँको जनजागरण स्वावलम्बन महिला समूहमा आबद्ध २७ जना सदस्यलाई बाख्रा वितरण गरिएको हो ।
सदस्यको आयआर्जन बढाउने उद्देश्यले प्रतिव्यक्ति एक÷एक उन्नत जातका बाख्रा वितरण गरिएको समूहका अध्यक्ष पवित्रा ढकालले जानकारी दिएका छन् । रम्भा गाउँपालिका र हेफर प्रोजेक्टको साझेदारी एवं इन्द्रेणी समाज केन्द्र नेपालको समन्वयमा सञ्चालित रम्भा कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको हो ।
बाख्रा सहयोग पाएपछि समूहमा आबद्ध सदस्य उत्साहित बनेको रामप्रसाद भण्डारीले जानकारी दिएका छन् । ग्रामीण भेगका नागरिकको आयस्तर उकास्न हेफर प्रोजेक्टले उन्नत जातका बाख्रा सहयोग गरेको छ ।