काठमाडौं । बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर कपुरले इन्डियन प्रिमियर लिग (आईपीएल) टिम किन्ने भएका छन्। आईपीएल खेल्ने टोलीको संख्या अर्को वर्ष बढाइन लागेपछि दीपिका र रणवीरले नयाँ टोलीको फ्रेन्चाइज किन्न लागेका हुन्।
इन्डियन प्रिमियर लिग दुई नयाँ टिम जोड्दा, धेरै सेलिब्रेटीहरु र उद्योगपतिहरु एक बोली लगाईरहेका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ दुई फ्रेन्चाइज टोलीका लागि बोलकबोल आह्वान गरेको थियो। यसमा ठूला ब्यावसायिक घरानासँगै दीपिका–रणवीरले पनि चासो देखाएको भारतीय सञ्चार माध्यमले जनाइएको छ। नयाँ दुई टोलीका लागि बोलकबोल सोमबारबाट सुरु हुँदैछ।
अर्को वर्षदेखि आईपीएलमा १० टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि आठ टोलीबीच प्रतिस्पर्धा हुँदै आएकोमा अर्को वर्षदेखि दुई टिम थपेर १० टोलीबीच प्रतिस्पर्धा गराइन लागिएको हो। दीपिका र रणवीरले नयाँ दुई टिममध्ये एउटा टिम किन्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। नयाँ टोली खरिदका लागि भारतका ठूला ब्यावसायिक घरानाका साथै चर्चित सेलिब्रिटीहरू पनि इच्छुक देखिएका छन्।
आईपीएल टोली खरिद गर्न दीपिका–रणवीरसँगै ग्लेर फेमिली, अरबिन्दो फर्मा, टारेट फर्मा, आरपी–सञ्जीव गोयन्का ग्रुप, नवीन जिन्दलको जिन्दल ग्रुप, रोनी स्क्रुरवाला, कोटक ग्रुप, अडानी ग्रुपलगायत थुप्रै कपोर्रेट हाउस पनि इच्छुक देखिएका छन्। आईपीएलमा यसअघि नै बलिउड स्टार जोडिएका छन्। शाहरूख खान र जुही चावलाले कोलकाता नाइट राइडर्सको स्वामित्व लिएका छन्। यसैगरी प्रिति जिन्टाले पनि पञ्जाव किङ्सको स्वामित्व लिएकी छन्। यस्तै शिल्पा सेट्टीले आफ्ना पति राज कुन्द्रासँग मिलेर राजस्थान रोयलको स्वामित्व लिएकी थिइन्। पछि उनीहरूले आफ्नो सेयर बेचेका थिए।
आईपीएलको यस सिजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ। फाइनलमा शाहरूख खान र जुही जावलाको कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नईले चौथो पटक आईपीएलको उपाधि जितेको हो।