काठमाडौं ।  यही अक्टोबर १३ देखि बजारमा आइफोन–१३ का मोडलहरुका प्रि–बुकिङ सुरु भएको छ । नेपालमा आइफोन–१३ का नौ वटा मोडलहरु भित्रिएका छन्। जसमा १२८ जिबी, २५६ जिबी र ५१२ जिबीको आइफोन–१३, १२८ जिबी र २५६ जिबीको आइफोन–१३ मिनी, १२८ जिबी र २५६ जिबीको आइफोन–१३ प्रो, साथै १२८ जिबी र २५६ जिबीको आइफोन–१३ प्रो म्याक्स छ। यी नयाँ आइफोन–१३ का मोडलको मूल्यपनि तोकिसकेको छ।

आइफोन १३ प्रो म्याक्स २५८ जीबीको दुई लाख पाँच हजार ९९० रुपैयाँ, १२८ जीबीको आईफोन १३ को एक लाख ३७ हजार ९९० रुपैयाँ, प्रो म्याक्स १२८ जीबीको एक लाख ८९ हजार ९९० रुपैयाँ, १३ प्रो १२८ जीबीको एक लाख ७४ हजार ९९० रुपैयाँ र आईफोन १३ प्रो २५६ जीबीको एक लाख ८९ हजार ९९० रुपैयाँ मूल्य तोकिएको छ।

त्यसैगरी, आइफोन १३ मिनी १२८ जीबीको एक लाख २० हजार ९९० रुपैयाँ, आइफोन १३ २५६ जीबीको एक लाख ५४ हजार ९९० रुपैयाँ, आइफोन १३ ५१२ जीबीको एक लाख ८९ हजार ९९० रुपैयाँ र १३ मिनी २५६ जीबीको एक लाख ३७ हजार ९९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
एजेन्सी :