काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार निधन भएको छ।
ब्लड क्यान्सरबाट पीडित लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो। कांग्रेस जिल्ला सभापति विकास लामाकी धर्मपत्नी समेत रहेकी मीराको बोन म्यारोमा देखिएको क्यान्सरका कारण निधन भएको हो ।
उनको पार्थिव शरीरलाइ जोरपाटीको माकलबारीस्थित गुम्बामा श्रद्धान्जलीका लागि राखिएको छ । आइतवार (आज) अन्त्यष्टी हुने भएको छ ।