सामसङले गत अगस्ट १८ मा नयाँ स्मार्टफोन ग्यालेक्सी ए–०३ एस सार्वजनिक गरेको थियो। गत वर्ष ए–०२ एस स्मार्टफोनले बजारमा राम्रो व्यापार गरेपछि कम्पनीले आफ्नो ग्यालेक्सी ए सिरिजअन्तर्गत ए–०३ एस ल्याएको हो।

यो फोन केही समयअघि नेपालमा पनि सार्वजनिक भएको थियो।ग्यालेक्सी ए–०३ एसको डिजाइन ठिकठाक नै छ। यसको दायाँतिर भोल्युम अप(डाउन बटन र पावर बटन छ। यो फोनमा तीनवटा क्यामरा छ जसमा १३ मेगापिक्सलको मुख्य क्यामरा, २ मेगापिक्सलको म्याक्रो क्यामरा र २ मेगापिक्सलको डेप्थ क्यामरा छ। यसको अगाडि भने ५ मेगापिक्सलको सेल्फी क्यामरा छ। क्यामरामा रहेको अन्य फिचरमा प्रो मोड, फुड मोड, म्याक्रो मोड र हाइपरल्याप्स छ। ग्यालेक्सी ए–०३ एसमा ५००० एमएएचको ब्याट्री छ, जसमा १५ वाटको चार्जिङ पावर छ। सुरक्षाका लागि यो फोनमा फिंगरप्रिन्ट स्क्यानर पाउन सकिन्छ।

बजारमा ग्यालेक्सी ए–०३ एस कालो, निलो र सेतो गरेर तीनवटा रङमा उपलब्ध छ। स्मार्टफोनमा हुनुपर्ने लगभग सबै फिचर भएको यो फोनको मूल्य धेरै महँगो पनि छैन।

३ जिबी र्‍याममा ३२ जिबी इन्टरनल स्टोरेज भएको ग्यालेक्सी ए–०३ एसको मूल्य पन्ध्र हजार चार सय ९९ रूपैयाँ छ।

४ जिबी र्‍याममा ६४ जिबी इन्टरनल स्टोरेज भएको मोडलको मूल्य भने १६ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ।