काठमाडौं ।  सधैं शुभचिन्तक र फ्यानहरूले सेलिब्रेटीहरूलाई घेरा हालेर उनीहरूसँग उभिएर तस्वीर खिचाएको देखिएकै हो। तर, शुक्रबार राजधानीमा सेलिब्रेटीहरू अरूसँग उभिएर तस्वीर खिचेर रमाए ।

सेलिब्रेटीहरू शुक्रबार पूर्वयुवराज्ञी हिमानी शाहद्वारा सञ्चालित हिमानी ट्रस्टले राजधानीको सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा तिहार र छठको अवसरमा आयोजना गरेको चियापान समारोहमा पूर्व राजपरिवारसँग तस्वीर खिचेर रमाएका हुन्।

न्युज अफ नेपालका अनुसार चियापान समारोहमा नयाँदेखि पुराना पुस्तासम्मका कलाकारहरू पूर्व राजपरिवारका सदस्यहरूसँग तस्वीर खिचेर रमाइएका थिए। कार्यक्रमलाई भव्य र सभ्य रूप दिन कार्यक्रमस्थलमा पञ्चेबाजा बजाइएको थियो। समय समयमा शंखध्वनी पनि बजाइएको थियो। चियापान स्थलमा बाँसुरी र सारंगीको मौलिक धुनसँगै मादल घन्काइएको थियो।