रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ मा १९ वर्षकी झरना चौधरी वडासचिवमा सर्वसम्मत चयन भएकी छिन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर पाँचका धेरै ठाउँमा युवा अनुहार आएको राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चूअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं १ का २६ वर्षीय सुरज कलवार वडा कमिटी अध्यक्ष हुनुभयो । सानै उमेरमा नेकपा एमाले लुम्बिनी साँस्कृतिक नगर वाड न १ को अध्यक्ष बनेका छन् । उनी सानै उमेरमा नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगर वाड न १ को अध्यक्ष बनेका छन्। यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका वाड न ६ मा १९ वर्ष कि झरना चौधरी वडा सचिव बन्दा राजनीतिमा युवा पुस्ताको चासो बढेको देखिएको छ ।