काठमाडौं । हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन।
उनले न्याय सेवाकी अधिकृत मन्जु पोखरेल संग दोस्रो विवाह गरेका हुन्। आफ्नो फेसबुक पेजमा विवाहको तस्विर राख्दै उनले सन्तुलित र सकारात्मक प्रतिक्रियाको आशा गरेको बताएका छन।
उनले “सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम ९कौशलटार०मा रहेका बुवाआमालाई खाना खुवाएररखाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद” लेखेर आफु श्रीमती को तस्वीर पोष्ट गरेका थिए ।