आईसीसी टी–२० विश्वकपअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा अस्ट्रेलियाले जित हात पारेको छ ।
अबुधाबीमा भएको समूह ‘ए’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको हो । उक्त जितसँगै अस्ट्रेलियाले २ अंक जोडेको छ । दक्षिण अफ्रिकाले १ सय १९ रनको लक्ष्य दिएको अस्ट्रेलियाले ५ विकेट गुमाएर अन्तिम ओभरको चौथो बलमा प्राप्त गर्यो ।
टोलीलाई जित दिलाउन पूर्व कप्तान स्टेभन स्मिथले शानदार ब्याटिङ गरे । मार्करामको बलमा १५ औं ओभरमा आउट भएका उनले ३ चौकाको सहयोगमा ३५ रन बनाए । उनले म्याक्सवेलसँग मिलेर चौथो विकेटका लागि ४२ रन जोड्दै ८० को स्कोरसम्म पुर्याएका थिए ।