काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार सुपर १२ अन्तर्गत आज दुई खेलहरु हुँदैछ

सुपर १२ अन्तर्गतको पहिलो खेलमा आज बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

आजको दोस्रो खेलले सबैको ध्यान तानेको छ । विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै छन् ।

भारत र पाकिस्तानबीचको खेल निकै नै रोमान्चक हुने अनुमान गरिएको छ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।