काठमाडौं । सिंगापुरले शनिबार नेपालसहित पाँच अन्य दक्षिण एसियाली देशहरुलाई आफ्नो यात्रा प्रतिबन्ध सूचीबाट हटाउने घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालसहित, भारत, बंगलादेश, म्यानमार, पाकिस्तान र श्रीलंकाका १४ दिनको यात्रा इतिहास भएका सबै यात्रीहरुले बुधबारदेखि सिंगापुर व्रवेशको अनुमति पाउनेछन् ।
यद्यपि यी देशका यात्रीहरुलाई सबैभन्दा कडा सीमा सुरक्षा उपाय अन्तर्गत राखिनेछ । यी शर्तहरुमध्ये १९ दिनसम्म घरमा बस्नुपर्ने शर्त पनि छ । मनत्रालयले बयानमा आफूले यसअघि यात्रा प्रतिबन्ध लगाइएका ६ दक्षिण एसियाली देशहरुमा कोभिड १९ को स्थितिको समीक्षा गरेको भनेको छ ।
समाचार एजेन्सी पीटीआइका अनुसार भर्चुअल प्रेस कन्फ्रेन्सलाई सम्बोधन गर्दै सिंगापुरका स्वास्थ्य मन्त्री ओंग कुंगले भनेका छन् ‘यी देशहरुमा स्थिति केही समयको लागि स्थिर भएको छ ।’ स्ट्रेट्स टाइम्सले औंगको हवाला दिँदै लेखेको छ ‘यी देशका यात्रुहरुलाई यहाँ ओर्लिनबाट रोक्ने कडा नियमहरुको अब आवश्यकता छैन ।’
एजेन्सि :