काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। दक्षिणपूर्वी ताईवानमा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको ताइवानको केन्द्रीय मौसम व्युरोले जनाएको हो। तर, अमेरिकी भौगोलिक सर्वेक्षण निकायले भने भूकम्पको म्याग्निच्युड ६ दशमलब २ मात्र रहेको जनाएको छ।

उत्तरपूर्वी यिलान जिल्लामा केन्द्रबिन्दु रहेकोे भूकम्पको गहिराई ६७ किलोमिटर रहेको छ। भूकम्प १० सेकेन्डसम्म रहेको थियो । ताइवानमा बारम्बार भूकम्प जान्छ, तर आइतबार (आज) को भूकम्प केही वर्षयताकै शक्तिशाली भएको जनाइएको छ।