काठमाडौं । गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ ।गत आर्थिक वर्ष २०७७÷७८ मा ती घर निर्माणको सम्झौता भएको सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाले जनाएको छ । दुई सय घर निर्माणका लागि छनोट भए पनि १९८ घर निर्माणको सम्झौता भएको बताइएको छ । चालु आवमा १२६ ले घर निर्माणका लागि प्रथम किस्ता लिएको सो कार्यालयका अधिकृत मनोज लामिछालेले जानकारी दिए ।

जिल्लाको बकैया, भीमफेदी, राक्सिरागं, कैलाश तथा हेटौँडा उपमहानगर पालिकामा जनता आवास कार्यक्रम कार्यान्वयनमा रहेको सो कार्यालयले जनाएको छ । चितवन र मकवानपुर गरी दुई जिल्लाको कार्यक्रम सो कार्यालयले हेर्ने गरेको छ ।

यसैगरी चितवनमा १९२ घर निर्माणका लागि सम्झौता भएकोमध्ये ८३ ले प्रथम किस्ता बुझेर लगेको जानकरी दिइएको छ । कार्यालयबाट प्राप्त जानकरीअनुसार गत आवमा मकवानपुरमा घर निर्माणका लागि चार हजार ५०० को निवेदन परेको थियो । तीमध्ये जिल्लामा १९८ घर निर्माणको लागि छनोट भएको हो ।

उक्त कार्यक्रमका लागि रु पाँच करोड ४८ लाख बजेट विनियोजन भएको बताइएको छ । लाभग्राहीको १० प्रतिशत लगानी रहने गरी भूकम्पप्रतिरोधी सानो बरण्डासहितको दुई कोठे ढुङ्गामाटोले बनेको कच्ची घरको कूल लागत रु तीन लाख ५० हजार रहेको बताइएको छ । यसमा शौचालय अनिवार्य गरेको छ । सङ्घीय सरकारले सर्वप्रथम सुरु गरेको सो आवास निर्माणको काम अहिले प्रदेशमा हस्तान्तरण भएको छ । कोरोना महामारीको कारण गत आवमा घर निर्माणका प्रक्रिया पूरा हुन् नसकेको सो कार्यालयका प्राविधिकले जनाएका छन् । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुदायलाई जनता आवास कार्यक्रममा समेटिएको बताइएको छ ।
जग्गाको कर, घर भाडा, सवारी साधनको कर, व्यवसाय कर, मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट नै सम्पादन गर्न सकिने गाउँपालिकाले जनाएको छ । यस पोर्टलबाट सबैभन्दा पहिला गाउँपालिकाको वडा कार्यालयमा आफ्नो मोबाइल नम्बर, ईमेल ठेगाना र व्यवसाय तथा मालपोत विवरण सहित करदाताको रुपमा दर्ता गरिएको हुनुपर्ने छ । वडा कार्यालयमा स्वयं व्यक्ति वा इमेलको माध्ययमबाट सम्पर्क गरी आवश्यक कागजात पेश गरेर करदाताको रुपमा सूचीकृत भई करदाताको सङ्केत नम्बर र नयाँ आन्तरिक सङ्केत नम्बर प्राप्त गर्नुपर्ने प्रावधान छ ।

करदाता र नयाँ आन्तरिक सङ्केत नम्बर प्राप्त गरिसकेपछि इ–सर्भिस डट थुलुङ दूधकोशी गाउँपालिका डट जिओभी डट एनपीमा गई नयाँ प्रयोकर्ताको रुपमा रजिष्टर गर्नुपर्ने, आफ्नो युजर र पासवर्ड लगिन गरेपछि भुक्तानीमा गएर कर तिनुपर्ने विवरण हेरी अनलाइन भुक्तानी सेवा प्रदायक इ–सेवाबाट भुक्तानी गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यस्तै कर तिर्नुपर्ने विवरण केही नदेखिएको खण्डमा करको प्रकार छनोट गरी कर निर्धारण गरी तिनुपर्ने कर अनलाइन भुक्तानी सेवा प्रदायक इ–सेवाबाटै भुक्तानी गर्न सकिने, करदाता पोर्टलमा रजिष्टर भइसकेपछि इ–सेवाको मोबाइल एपमा गएर स्थानीय सरकारमा आफ्नो करदाता नम्बर राखे तिनुपर्ने करको रकम देख्न सकिने छ । करदाता पोर्टल सञ्चालन भएयता गाउँपालिकामा हालसम्म एक लाख २३ हजार १४३ राजस्व सङ्कलन भइसकेको समेत गाउँपालिकाले जनाएको छ ।