तनहुँ । त्यसैगरी स्वास्थ्य कार्यालय तनहुँले जिल्लाभर ६७ हजार दुई बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइने लक्ष्य रहेको जनाएको छ । त्यस्तै ६ महिना माथिका पाँच वर्ष मुनिका ३६ हजार २०० जनालाई भिटामिन ए खुवाइनेछ । त्यसैगरी एक वर्षमाथि पाँच वर्ष मुनिका ३१ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए ।
कात्तिक ७ गते टोल–टोलमा खोप केन्द्र राखेर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइए पनि छुट भएकालाई कात्तिक ८ गते घरघरमा गएर खुवाइने उनले बताए । जिल्लामा चार सय ६६ जना महिला स्वास्थ्य स्वयसेविका रहेका छन् ।