काठमाडौं। आइसीसी टि–२० विश्वकपमा पाकिस्तानसँग भारत हारेपछि भारतको पंजाबमा कश्मिरी विध्यार्थीहरुमाथि कुटपिट गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार पाकिस्तानसँग हारपछि विक्षिप्त बनेका भारतीय फ्यानहरुले कश्मिरी विध्यार्थीहरुमाथि आक्रमण गरेका हुन् । कश्मिरका मुद्दामा रिपोर्टिङ गर्ने कैयौं समाचार वेबसाइटहरुले यो समाचार प्रकाशित गरेको बीबीसीले जनाएको छ ।

फ्रि प्रेस कश्मिरका अनुसार विश्वकपमा पाकिस्तानले भारतलाई जितेपछि पंजाबको संगरुरको भाइ गुरुदास इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका छात्रहरुमाथि कुटपिट भएको हो । कश्मिरी विद्यार्थीहरुलाई होस्टेलको कोठामा कुटपिट गरिएको थियो र यस क्रममा एक छात्रले पूरै घटना फेसबुकमा लाइभ स्ट्रिम गरेका थिए ।

यी खबरपछि नेशनल कन्फरेन्सकी अतिरिक्त अतिरिक्त प्रवक्ता इफरा जानले ट्वीटरमा पंजाब सरकार र मुख्यमन्त्री चरणजीत सिंह चन्नीलाई ट्याग गर्दै कश्मिरी छात्रको सुरक्षा सुनिश्चित गर्न माग गरेकी छिन् । आइतबार दुबइमा भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । पाकिस्तानले यसअघि कहिल्यै पनि भारतलाई विश्वकपमा जित्न सकेको थिएन ।

बीबीसी :