काठमाडौं । नेपालको अग्रणी अनलाइनबजार दराजले आगामी महिनामा देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको छ। २०१८ मा अलिबाबा द्वारा कम्पनीको अधिग्रहण पछि, दराजको मुख्य उदेस्य भने एक देशव्यापी रसद पूर्वाधार निर्माण गर्न रहेको छ।
यस मार्फत दराजले केवल देशभर आफ्नो पदचिह्न बढाउन सफल मात्र नभई देशमा एक राम्रो ई-कमर्स पारितन्त्रको निर्माण गर्न मद्दत पुर्याउने छ। यो उद्येश्य फलदायी रहेको देखिन्छ किनकि हाल दराजले नेपालका ४७ भन्दा बढी सहरहरूमाआफ्नो डेलिभरी सेवाविस्तार गरिसकेको छ।
नेपालको विविध भूगोलले दराज जस्ता ई–कमर्स कम्पनीहरूका लागि धेरै कठिनाइहरू प्रस्तुत गर्दछ। जस मध्ये, प्रमुख मुद्दा भनेको उपयुक्त सडक नेटवर्कको अभाव रहेको छ। देशभरका प्रमुख सहरहरुलाई एक आपसमा जोड्ने उपयुक्त सडक नेटवर्कको अभावमा कुनै पनि प्रकारको सामान र सेवाहरुको वितरणमा धेरै समस्याहरु आउँछ। येही मुद्दालाई सम्बोधन गर्नको लागी, दराजले प्रत्येक वर्ष एउटा विशिष्ट इलाकासँग परिचित वितरण कर्मीहरुसँग साझेदारी गर्दै आएका कम्पनीले जनाएको छ। यी वितरण कर्मी या ‘डेलिभरी हिरोज’हरुले कम्पनीलाई कुनै पनी उत्पादनहरु देशभरको विभिन्न भागहरुमा वितरण गर्न मद्दत गर्दछन्।
हाल दराजको देशभर १५ वटा डेलिभरी हबहरू छन्। यी हबहरुबाट नै ग्राहकहरुको उत्पादनहरु वितरण गरिन्छ । हब निम्नानुसार छन् :
१. बिर्तामोड
२. विराटनगर
३. जनकपुर
४. बीरगंज
५. भरतपुर
६. पोखरा
७. बुटवल
८. धनगढी
९. भक्तपुर-सल्लाघारी
१०. काठमाडौं-पुरानो बानेश्वर
११.काठमाडौं-बालाजु
१२. काठमाडौं-गोपीकृष्ण
१३. काठमाडौं-न्युराेड
१४. काठमाडौ-थसिखेल
१५. काठमाडौं-सोल्टिमोड
२०१८ मा अलिबाबाद्वारा दराजको अधिग्रहण हुने समयमा नेपालमा रसद सञ्चालन (लोजिस्टिक अपरेसन) धेरै आधारभूत थियो। ठुलो रुपमा कार्यभार उठाउन सक्ने धेरै डेलिभरी कम्पनीहरू थिएनन्। नतिजास्वरूप, दराजले नेपालको पहिलो ई-कमर्स डेलिभरी कम्पनी ‘दराज एक्सप्रेसको’ रूपमा आफ्नै समाधान निकाल्यो। दराज एक्सप्रेसको माध्यमबाट, दराजले भण्डारण र गुणस्तर नियन्त्रण मार्फत ग्राहकहरुको लागी राम्रो रसद (लोजिस्टिक) अनुभव सुनिश्चित गर्न सफल भएको छ।