काठमाडौं । अभिनेता पल शाहले गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको विषयमा पछिल्लो समय मिडियामा आएको समाचारले आफूलाई दुःखी बनाएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै गायिका अधिकारीसँगको आफ्नो मित्रता र सहकार्य गलत रुपमा समाचारमा प्रयोग भएको बताएका छन् । आफ्नो र समीक्षाको बिषयमा आएको समाचारले आफूलाई माया गर्ने दर्शक समेत दुखी भएको उनको भनाई रहेको छ ।
‘मैले सँधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु । यहि घरपरिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको हो’ उनले अगाडि भनेका छन्, ‘मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत हार्दिक माफी माग्दछु ।’ उनले व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि समाचार नबनाई दिनुहुन मिडियालाई अनुरोध समेत गरेका छन् ।