दाङ । गत शनिबार सम्पन्न भएको नेकपा (एमाले) कोे १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।

जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएका छन् । उनि बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य हुन ।

त्यस्तै दङ्गीशरण गाउँपालिका–१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरुपमा चयन भएको हो । उनि गृहिणी हुन। घोराही उपमहानगरपालिका–१ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित भएकी छन । उनि वडा सदस्य र उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि हुन् ।

त्यस्तै घोराही–४ मा लीला गोतामे अध्यक्ष भएकी छन् । गोतामे निर्वाचित वडा सदस्य हुन्। गढवा गाउँपालिका– ४ मा सीता थापा वडाध्यक्ष भएकी छन्। थापा रेडक्रसकर्मीसमेत हुन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित भएकी ् हो । शान्तिनगर गाउँपालिका–३ की पार्वती पुन वडाध्यक्षमा निर्वाचित भएको हो ।

एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले यसपटकको वडास्तरको अधिवेशन ऐतिहासिकरुपमा सम्पन्न भएको बताए । त्यस्तै उनले अधिवेशनमा अधिकतम महिलालाई ३३ प्रतिशत नघट्ने गरी प्रत्येक कमिटीमा समावेश गरेको जिकिरसमेत दिए ।