काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौँथो राष्ट्रिय पुरस्कार हात पारेकी छिन् । उनले भारतका उपराष्ट्रपति वेंकैया नायडूबाट फिल्म ‘मणिकर्णिका’, ‘क्वीन अफ झाँसी’ र ‘पंगा’ का लागि यो पुरस्कार पाएकी हुन्।
६७ औं राष्ट्रिय फिल्म पुरस्कार हिजो (सोमवार) दिल्लीमा वितरण गरिएको थियो । यसै क्रममा कंगनाका आमा बुबा पनि उनीसँगै उपस्थित थिए।
अवार्ड पाएपछि कंगनाले सामाजिक सञ्जालमा आफ्नो आमाबाबुसँगको तस्बिर अपलोड गरेकी छिन् ।