काठमाडौं । नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।

सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहमा इराकी बक्सर अल ओहिदीबाट वाकओभर पाउँदै सनिलले राउण्ड अफ ३२ मा स्थान बनाएका हुन् ।

अब सनिलले राउण्ड अफ ३२ मा सर्बियाका अब्बासोभ भाखिदसँग खेल्ने छन् ।