सार्जाह : युएईमा जारी टी-२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। सुपर १२ अन्तर्गतको दोस्रो खेलमा न्यूजिल्यान्डलाई ५ विकेटले पराजित गरेको हो।

सार्जाह क्रिकेट रंगशालामा मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ राजेपछि पाएको १३५ रनको लक्ष्य ५ विकेट गुमाउँदै ८ बल बाँकी हुँदा भेट्टायो।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ३३, असिफ अलीले २७ र सोएब मलिकले २६ रन बनाए। न्यूजिल्यान्डका इश सोधीले २ विकेट लिए भने मिचेल स्यान्टनर, टिम सोथी र ट्रेन्ट बोल्टले समान १÷१ विकेट हात पारे।