काठमाडौं । जापानमा एउटा कम्पनीले उड्ने बाइक बनाएको छ। सामाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले सो बाइक बनाएको हो।

उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर अर्थात ८ करोड बढी नेपाली रुपैंया तोकिएको छ। यो बाइको गति प्रतिघन्टा सय किलोमिटर रहेको र एक पटकमा ४० मिनेट उड्न सक्ने बताइएको छ।