काठमाडौं । लक्ष्मण सुवेदीको निर्देशन, निर्माण तथा लेखन रहेको फिल्म ‘सतिदेवी’ को छायांकन सुरू भएको छ। सोमबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। निर्देशक सुवेदीले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सुरू भएको जानकारी दिएका हुन्।

निर्देशक सुवेदीका अनुसार फिल्मको नाम सतिदेवी भए पनि हिन्दु धर्मकी देवी सतिदेवीबारे हुने छैन। फिल्मले एक ग्रामीण युवतीको संघर्षको कथा भन्नेछ।फिल्ममा मलिका महत, भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, सन्दीपबाबु लोहनीलगायत कलाकारको अभिनय रहनेछ।

फिल्म दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा निर्माण हुनेछ।‘यात्रा’ बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी मलिका पछिल्लो समय फिल्म ‘पानीफोटो’ मा देखिएकी थिइन्।