बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

समाचार
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल सरकारले जुनसुकै बेला बन्द गर्ने

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल सरकारले जुनसुकै बेला बन्द गर्ने

काठमाडौं। नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल सरकारले जुनसुकै बेला बन्द गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको हो। निर्देशिकामा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालकको दायित्व किटान गरेको छ। सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। निर्देशिका जारी हुनु अघि सञ्चालनमा रहेका र...
कोरियाले  नेपालमा  दक्ष जनशक्ति उत्पादनमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने

कोरियाले नेपालमा दक्ष जनशक्ति उत्पादनमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने

काठमाडौँ । दक्षिण कोरियाले नेपाली श्रमिकहरूलाई दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्ने भएको छ । विश्वबजारमा नेपाली श्रमिकको माग बढिरहेका बेला दक्षिण कोरियाले दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्न लागेको हो । त्यसका लागि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र दक्षिण कोरियाको ग्लोबल इन्स्ट्च्युट फर ट्रान्सफेरिङ स्किल्स (गिफ्टस) बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दक्षिण कोरियाको एचआरडीअन्तर्गत रहेको गिफ्ट्सका...
पोखराको  लेकसाईड अब २४सैं घण्टा खोल्ने बाटो खुल्यो

पोखराको लेकसाईड अब २४सैं घण्टा खोल्ने बाटो खुल्यो

काठमाडौं । उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालत पोखराका न्यायाधीश राजन प्रसाद भट्टराईको एकल इजलासले सो आदेश दिएको हो । देवकुमारी बरालले दिनुभएको रिट निवेदनमा आज सुनुवाइ गर्नुहुँदै न्यायाधीश भट्टराईले कानुन अनुसार व्यापार व्यवसाय गर्न रोक नलगाउन अन्तरिम आदेश जारी गर्नुभएको हो । उच्च अदालत पोखराको आदेशमा भनिएको छ, ‘‘पोखराको लेक साइड...
मिटररिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत महशुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता महशुल असूलउपर गर्ने रणनीति

मिटररिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत महशुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता महशुल असूलउपर गर्ने रणनीति

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपियाँ असुल गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताउनुभयो । विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको...
गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने ,प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने

गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने ,प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने

चितवन । गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र वाग्मती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो ।अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा सहमति भएको हो । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा...
गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रमुख दलहरुको प्रतिबद्धता ,

गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रमुख दलहरुको प्रतिबद्धता ,

काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले वर्तमान व्यवस्थाप्रति ऐक्यबद्धता जनाउंंदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरूले पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध सङ्गठित रुपमा जनतामा उत्तेजना फैलाउने काम भइरहेकोमा वर्तमान व्यवस्था प्रति ऐक्यबद्धता जनाउँदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध रहेको...
राष्ट्रपतिले रामीडाँडा पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिए

राष्ट्रपतिले रामीडाँडा पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिए

काठमाडौँ  ।  राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको राहत वितरणका लागि उनीहरूको सही तथ्याङ्क लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस् भनेर सचेत हुन आग्रह गर्नुभएको छ ।  भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मंगलबार रुकुम पश्चिम पुग्नुभएका  राष्ट्रपति पौडेलले रुकुम जिल्लाको क्षतिको जानकारी लिँदै जनप्रतिनिधि तथा स्थानीय प्रशासनलाई उक्त विषयमा सचेत रहन आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।...
राष्ट्रपतिको  यूरोप भ्रमण स्थगन

राष्ट्रपतिको यूरोप भ्रमण स्थगन

काठमाडौं  ।   राष्ट्रपति रामचन्द्र पौडेलले यूरोप भ्रमण स्थगन गरेका छन् । भूकम्पका कारण देश नै विपद्‌मा रहेकाले राष्ट्रपति पौडेलले विदेश भ्रमण स्थगन गरेको राष्ट्रपतिका प्रेस सल्लहाकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेल कात्तिक २२ गते यूरोपको भ्रमणमा निस्कँदै थिए। मन्त्रिपरिषद्को कात्तिक १६ गते बसेको बैठकले पनि राष्ट्रपतिका विदेश भ्रमण स्वीकृत गरिसकेको थियो। राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस...
गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गर्नुभएको थियो । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ– औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिनेछ ।’ यो कार्यदललाई...
उपप्रधानमन्त्री खड्का जाजरकोट भूकम्पको ‘इपिसेन्टर’मा

उपप्रधानमन्त्री खड्का जाजरकोट भूकम्पको ‘इपिसेन्टर’मा

काठमाडौँ  । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको ‘इपिसेन्टर’मा पुग्नुभएको छ । भूकम्प आएदेखि निरन्तर प्रभावित क्षेत्रमा खटिनुभएका उपप्रधानमन्त्री खड्का आज विहान जाजरकोट सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षण गर्नुभएको हो । भूकम्प प्रभावित क्षेत्रमा पुगी रक्षामन्त्री समेत रहनुभएका खड्काले उद्धार तथा राहत वितरणबारे जानकारी लिनुका साथै राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो । उहाँले भूकम्पको केन्द्रबिन्दु...

ग्लोबल दर्पण