बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

राजनीति
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

काठमाडौँ  । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उहाँले बहुमत जुटाउनुभएको हो । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गर्नुभएको थियो । यो संख्या प्रदेश सभामाको कुल सदस्य संख्याको बहुमत हो । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले पनि दाबी गर्नुभएको थियो । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७-४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश...
गठबन्धन सरकार असफल भइसकेको छ : एमाले अध्यक्ष ओली

गठबन्धन सरकार असफल भइसकेको छ : एमाले अध्यक्ष ओली

काठमाडौं  -  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार असफल भइसकेको जिकिर गरेका छन्। एमाले मधेश प्रदेश अधिवेशन उद्घाटनका लागि जनकपुर पुगेका अध्यक्ष ओलीले सञ्चारकर्मीसँगको कुराकानीमा जनताले सरकार भएको महसूस गर्न नसकेको बताए। “यो सरकार पूर्ण रूपमा असफल भइसक्यो,” पूर्व प्रधानमन्त्री ओलीले भने। देशको अर्थतन्त्र धराशायी भइरहेको वेला सरकार जिम्मेवार नबनेको  ओलीको आरोप थियो। अध्यक्ष ओलीले भने, “देशको अर्थतन्त्र...
काठमाडौँका मेयर बालेन ‘टाइम म्यागेजिन’को उदीयमान एक सय नेताको सूचीमा

काठमाडौँका मेयर बालेन ‘टाइम म्यागेजिन’को उदीयमान एक सय नेताको सूचीमा

काठमाडौँ। विश्व प्रतिष्ठित ‘टाइम म्यागेजिन’ले काठमाडौँ महानगरपालिकाका मेयर बलेन साहलाई उदीयमान एक सय नेताको सूचीमा समेटेको छ । वर्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर साहलाई पनि समेटेको हो । आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्ने मध्येबाट...
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

काठमाडौँ। तत्कालीन संविधानसभाका अध्यक्ष, सांसद एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । नेम्वाङको निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ ।नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । नेम्वाङको गत मंगलबार बिहान...
बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक बिदा दिने निर्णय भएको हो । मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । उनका दुई भाई छोराहरु नै विदेशमा रहेका र आज अपरान्हमात्रै नेपाल आईपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो ।
नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालय रहने

नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालय रहने

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा तत्कालीन संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ । हिजोदेखि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीर आज दिउँसो १ बजे पछि घरमा लगिने जनाइएको छ ।पार्थिव शरीर घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । घरमा लगेपछि किरात...
नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी

नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी छिन् । एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, ‘म...
संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । निवासमै हृदयघात भएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा बाटोमै निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता नेम्वाङको निधन भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।...
काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन

काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन

काठमाडौं। काठमाडौं वडा नम्बर १६ का वडा अध्यक्षको निधन भएको छ। नेपाली कांग्रेस काठमाडाैं-७ का क्षेत्रीय सभापतिसमेत रहेका वडा अध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो। कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाई ,उच्च ज्वरो तथा निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो। उनी टिकटकदेखि सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहँदै आएका...
अमेरिकी राष्ट्रपति भोलि भारत आउँदै

अमेरिकी राष्ट्रपति भोलि भारत आउँदै

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि भारत आउँदैछन् । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति बाइडेन भोलि बिहीबार भारत आउन लागेका हुन । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि...

ग्लोबल दर्पण