बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

प्रदेश
सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार?

सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार?

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ। महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन तोलामा ५०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जनाएको छ। महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढेसँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको...
चट्याङ लागेर एक महिलाको मृत्यु, १६ जना घाइते

चट्याङ लागेर एक महिलाको मृत्यु, १६ जना घाइते

दैलेख।  दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए।  चट्याङ लागेर  १६ जना घाइते भएका छन् । 
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

काठमाडौँ। तत्कालीन संविधानसभाका अध्यक्ष, सांसद एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । नेम्वाङको निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ ।नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । नेम्वाङको गत मंगलबार बिहान...
बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक बिदा दिने निर्णय भएको हो । मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । उनका दुई भाई छोराहरु नै विदेशमा रहेका र आज अपरान्हमात्रै नेपाल आईपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो ।
संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । निवासमै हृदयघात भएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा बाटोमै निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता नेम्वाङको निधन भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।...
गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

गण्डकी। गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो । गायक सपूतको शब्द÷सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन् । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ ।...
पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

कास्की । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजका अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल हुन लागेको हो । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला...
चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै

चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै

चितवन। चेपाङ समुदायले आजा छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ ।बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ । हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । प्रदेशका चितवन,...
काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन

काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन

काठमाडौं। काठमाडौं वडा नम्बर १६ का वडा अध्यक्षको निधन भएको छ। नेपाली कांग्रेस काठमाडाैं-७ का क्षेत्रीय सभापतिसमेत रहेका वडा अध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो। कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाई ,उच्च ज्वरो तथा निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो। उनी टिकटकदेखि सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहँदै आएका...
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

पाटन । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार...

ग्लोबल दर्पण