बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

- गण्डकी
पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

कास्की । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजका अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल हुन लागेको हो । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला...
बागलुङमा मोटरसाइकल दुर्घटना, घटनास्थलमै एक जनाको मृत्यु

बागलुङमा मोटरसाइकल दुर्घटना, घटनास्थलमै एक जनाको मृत्यु

बागलुङ । बागलुङमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। नरेठाँटीबाट हटिया बजार आउँदै गरेको ग ८ प १२२५ नम्बरको मोटरसाइकल आइतबार राती गलकोट नगरपालिका–३ हटियाको बतासेडाँडामा दुर्घटना हुँदा हटिया बजारका २८ वर्षीय गणेश परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । मृत्तक परियार हटिया बजारस्थित गलकोट मोटरसाइकल रिपेरिङ सेन्टरका सञ्चालक हुन्। परियारको...
राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने

राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने

गण्डकी। ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । गण्डकी प्रदेशका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको सो पुस्तकालयका...
पोखरामा विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएनन्

पोखरामा विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएनन्

कास्की। पोखरामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएका छैनन् । यही साउन १९ गते विद्यालय हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा  र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हराएका बालिकाका...
गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी। गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । यसअघि ‘बिजनेस’ नभएको भन्दै दुईपटकसम्म बैठक स्थगन भएको थियो । आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए । यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस...
बागलुङको बुकीमै पुगेर लम्पी स्किनको उपचार

बागलुङको बुकीमै पुगेर लम्पी स्किनको उपचार

बागलुङ- यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् । चार हजार पाँच सय मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायले ढाकिएको छ । हरेक वर्ष जेठ पहिलो सातादेखि नै निकै उत्साहका साथ बुकी जाने किसान यस वर्ष...
सामुदायिक विद्यालयका विद्यार्थी लिन घरघरमै गाडी

सामुदायिक विद्यालयका विद्यार्थी लिन घरघरमै गाडी

बागलुङ– बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् भने विद्यालय रित्तिदै गएका छन् । सुनसान गाउँका विद्यालयमा रित्तिन थालेपछि गलकोट नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान गरिरहेको छ । हाँस्दै, खेल्दै र रमाउँदै नजिकको विद्यालय जाने बालबालिका अहिले टाढा...
पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो, अबदेखि १२ हजार तिर्नुपर्ने

पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो, अबदेखि १२ हजार तिर्नुपर्ने

अन्नपूर्ण। कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो। हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ। नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको...
चट्याङ लागेर ४५ भेडा मरे

चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा परेको चट्याङ लागेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले गए राति परेको चट्याङले लागेर ४५  भेडा मरेका जानकारी दिए । उनले भने, ‘बिहानै कृषकले ४५  भेडा मरेको जानकारी गराएपछि घटनास्थलतर्फ जाने तयारीमा छौँ ।’ चरनका लागि लेकमा लगेका भेडा खर्कमा...
लमजुङको भलायखर्क केन्द्रबिन्दु भएर भूकम्प

लमजुङको भलायखर्क केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ:  लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी...

ग्लोबल दर्पण