बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

- सुदूरपश्चिम
चट्याङ लागेर एक महिलाको मृत्यु, १६ जना घाइते

चट्याङ लागेर एक महिलाको मृत्यु, १६ जना घाइते

दैलेख।  दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए।  चट्याङ लागेर  १६ जना घाइते भएका छन् । 
गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते

गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएको विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माले जानकारी दिएका छन् । विद्यालय परिसरमै परेको चट्याङबाट कक्षा–६ कि ईशा घर्ती, झलका बिक, अनुजा बिक, कक्षा ८ का अनिशा बिक र कक्षा ७ का सिर्जना शर्मा, समीक्षा...
गुल्मीको मुसिकोट नगरपालिका वडाध्यक्ष मृत भेटिए

गुल्मीको मुसिकोट नगरपालिका वडाध्यक्ष मृत भेटिए

गुल्मी ।  मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए । वडाअध्यक्ष...
महिनावारी भएको बेला गोठमै सुतेकी अनिताको सर्पको टोकाइबाट मृत्यु

महिनावारी भएको बेला गोठमै सुतेकी अनिताको सर्पको टोकाइबाट मृत्यु

बैतडी ।  बैतडीमा सर्पको टोकाइबाट किशोरीको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो। महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए। ‘महिनावारी भएको चार दिन भएको रहेछ, गाईर्भैँसीकै गोठमा सुतेकी रहिछन्’अनिताका आफन्त चन्दले भने, ‘मध्यराती सर्पले टोकेर घाइते...
जुम्लाको पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरे

जुम्लाको पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरे

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका-२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् । चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए । सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका...
बाजेको कुटाइबाट नातीको मृत्यु

बाजेको कुटाइबाट नातीको मृत्यु

बैतडी ।  बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० वर्षीय बाजे गणेश साउँदको कुटाइबाट २ वर्षीय नाती रेशम साउँदको मृत्यु भएको हो । यस्तै ८ वर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् ।  बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपिट गरेका थिए । बाजेको कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।  यस्तै अर्का बालक...
दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु

दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु

धनगढी । दार्चुलामा खोलामा खसेर एक जनाको मृत्युु भएको छ ।जिल्लाको मालिकार्जुन गाउँपालिका- ६ हरडीगाड खोलामा खसेर सोही ठाउँ बस्ने ५५ वर्षीय शिवराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गिरी शनिबार साँझमालिकार्जुनकै बांकुबाट चिउरानी घरतर्फ फर्किेने ६० मिटरमाथि बाटोबाट खोलामा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ...
अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनास्थलमा...
धनगढीबाट बाजुरा जाँदै गरेको खाद्यान्न बोकेको ट्रक दुर्घटना

धनगढीबाट बाजुरा जाँदै गरेको खाद्यान्न बोकेको ट्रक दुर्घटना

डडेल्धुरा : केआइसिंह राजमार्गअन्तर्गत डडेल्धुराको रडुवा खोलामा खाद्यान्न बोकेको मिनी ट्रक खसेको छ। सोमबार बिहान धनगढीदेखि बाजुरा जाँदै गरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा दुर्घटना भएको प्रदेश प्रहरीले  कार्यालय जनाएको छ। उक्त खाद्यान्न बोकेको ट्रक डोटीको जोरायल गाउँपालिका-२ बस्ने २३ वर्षका प्रकाश मल्लले चलाएका थिए। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। ट्रक सडकबाट...
earthquake of magnitude 4 on the Richter scale in Darcula

earthquake of magnitude 4 on the Richter scale in Darcula

Darcula:  an earthquake of magnitude 4 on the Richter scale occurred near the Khāneshwari area. According to the National Seismological Center in Lainchaur, the earthquake of magnitude 4 on the Richter scale occurred today around 4:55 AM, with the epicenter located near the Khāneshwari area of Darcula district. Prior to this, on Jestha 29, there was an earthquake of magnitude...

ग्लोबल दर्पण