बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

शिक्षा
शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन बन्द

शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन बन्द

काठमाडौँ। सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ ।सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासङ्घले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेसँगै देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प बनेको हो । महासंघले आजदेखि ​देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गरेको हो ।आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक विद्यालय बन्द भएका हुन् ।...
भोजपुरका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

भोजपुरका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

भोजपुर। भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुवात गरिएको हो । यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिए । यहाँका छ माध्यमिक विद्यालयमा भने यसअघि नै इन्टरनेट सेवा विस्तार गरेर...
राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने

राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने

गण्डकी। ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । गण्डकी प्रदेशका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको सो पुस्तकालयका...
पोखरामा विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएनन्

पोखरामा विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएनन्

कास्की। पोखरामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएका छैनन् । यही साउन १९ गते विद्यालय हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा  र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हराएका बालिकाका...
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

काठमाडाैं। नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना  पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति...
छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस

छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस

चितवन। चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ। यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन्। हाल क्याम्पसमा अध्ययनरत विद्यार्थीको सङ्ख्या एक हजार छ सयभन्दा बढी छ। जसमा एक हजार ५४ स्नातक र स्नातकोत्तर तहका छन्। कक्षा ११ मा विद्यार्थी भर्ना भइरहेकाले सङ्ख्या थपिँदै गएको छ। क्याम्पस प्रमुख भोजराज न्यौपानेका अनुसार क्याम्पसमा चितवनसहित नवलपरासी, गोरखा,...
आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि विद्यालय बन्द

आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि विद्यालय बन्द

नेपालगञ्ज। बाँकेमा सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ। बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्। बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ। विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए। नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख...
सामुदायिक विद्यालयका विद्यार्थी लिन घरघरमै गाडी

सामुदायिक विद्यालयका विद्यार्थी लिन घरघरमै गाडी

बागलुङ– बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् भने विद्यालय रित्तिदै गएका छन् । सुनसान गाउँका विद्यालयमा रित्तिन थालेपछि गलकोट नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान गरिरहेको छ । हाँस्दै, खेल्दै र रमाउँदै नजिकको विद्यालय जाने बालबालिका अहिले टाढा...
कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरबाट आवेदन आह्वान

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरबाट आवेदन आह्वान

काठमाडौँ। काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति लिन चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ । काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गरी महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०–०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो । महानगरकाअनुसार आज बिहान १० बजेदेखि साउन...
एसईईको ‘ग्रेडवृद्धि’ परीक्षा साउन २६ र २७ गते

एसईईको ‘ग्रेडवृद्धि’ परीक्षा साउन २६ र २७ गते

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज एक सूचना जारी गर्दै ग्रेडवृद्धि परीक्षाको तालिका प्रकाशित गरेको हो । बोर्डले अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले बढीमा दुई विषयसम्म तथा अनुपस्थित रहेका परीक्षार्थीले पनि दुई विषयमा पूरक परीक्षा दिने पाउने जनाएको छ। परीक्षा...

ग्लोबल दर्पण