बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

खेल
गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने ,प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने

गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने ,प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने

चितवन । गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र वाग्मती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो ।अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा सहमति भएको हो । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा...
आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई प्रधानमन्त्रीद्दारा ट्रफी प्रदान

आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई प्रधानमन्त्रीद्दारा ट्रफी प्रदान

काठमाडौं  ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई ट्रफी प्रदान गर्नुभएको छ । आइसिसी ट्वान्टी २०  विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । क्रिकेट मैदानमा पुगेर प्रधानमन्त्री प्रचण्डले उपाधि विजेता...
दश वर्षपछि विश्वकपमा नेपालको पुनरागमन

दश वर्षपछि विश्वकपमा नेपालको पुनरागमन

काठमाडौँ  । स्पीनरहरुको सटीक बलिङपछि आसिफ शेखले म्याच जिताउने पालि खेलेपछि नेपाल शुक्रबार परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा ८ विकेटले हराएर टि २० विश्वकप क्रिकेट प्रतियोगितामा चयन हुन सफल भएको छ । नेपाल टि २० विश्वकपमा चयन भएको यो दोस्रो पटक हो । दश वर्षपछि विश्वकपमा पुनरागमन गरेको नेपालले सन् २०१४...
नेपाली राष्ट्रिय क्रिकेट टोली २० ओभरको विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश

नेपाली राष्ट्रिय क्रिकेट टोली २० ओभरको विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली २० ओभरको विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। मङ्गलवार कीर्तिपुर मैदानमा भएको खेलमा मलेशियालाई सङ्घर्षपूर्ण खेलमा छ विकेटले पराजित गर्दै नेपाल लीगको एक खेल बाँकी छँदै अर्को चरणमा प्रवेश गरेको हो। टी-२० विश्वकपमा छनोट हुने यात्रामा निस्किएको नेपालको यो लगातार दोस्रो जित हो। नेपालले अब लीगको अन्तिम खेलमा बिहीवार ओमानसँग खेल्ने छ। त्यो खेल...
आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्यो

आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्यो

काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ओपनर भुर्तेलले ४८ बलमा ८ चौका र २...
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।  महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो...
१९औं एसियाडमा  क्रिकेटमा नेपालले राख्यो  कीर्तिमानै कीर्तिमान 

१९औं एसियाडमा क्रिकेटमा नेपालले राख्यो कीर्तिमानै कीर्तिमान 

हान्झाउ । १९औं एसियाडमा नेपालले बुधबार क्रिकेटमा कीर्तिमानै कीर्तिमान  बनाएको  छ ।  एसियाडमा ८ वर्षपछि पुनरागमन गरेको क्रिकेटमा नेपालको पुरुष टिमले पहिलो टी-२० अन्तर्राष्ट्रियमा खेलेको मंगोलिया विरुद्ध ७ कीर्तिमान बनायो ।  कुशल मल्लको कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी अर्धशतकमा टी-२० अन्तर्राष्ट्रियमै नेपालले कीर्तिमानी ३१४ रनको स्कोर बनाएको थियो ।  ३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलियालाई ४१ रनमा अलआउट...
क्यानको सचिवमा पारस खड्का निर्वाचित

क्यानको सचिवमा पारस खड्का निर्वाचित

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का निर्वाचित भएका छन् । उनले ४८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाए । पारस राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हुन् । उनले २ वर्षअघि सन्यास लिएका थिए । उनी काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसलगत्तै उनी...
च्याम्पियन्स लिग : आर्सनलको सानदार सुरुवात

च्याम्पियन्स लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सानदार सुरुआत गरेको छ ।लन्डनस्थित इमिरेट्स मैदानमा गएराति भएको खेलमा इंग्लिस क्लब आर्सनलले बुन्डेसलिगा क्लब पिएसभी इन्धोभेनलाई ४–० गोलले हराएको हो । आर्सनलका लागि बुकायो साका, लिआन्द्रो ट्रोसार्ड, गाब्रियल जेसुस र मार्टिन ओडेगार्डले एक–एक गोल गरेका थिए ।यो जितसँगै समूह ‘बी’ मा रहेको आर्सनल तीन अंकसहित शीर्षस्थानमा छ । लेन्स र सेभियाको सामान एक...
साफ यू-१९ फुटबल आजदेखि, नेपाल र पाकिस्तान खेल्ने

साफ यू-१९ फुटबल आजदेखि, नेपाल र पाकिस्तान खेल्ने

काठमाडौँ। साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।समूह चरणको पहिलो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न ५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो साढे १ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ .प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, भारत, बंगलादेश र भुटान सहभागी छन् । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स छन् भने भारतको समूहमा...

ग्लोबल दर्पण