बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024


फुटबलबाट सन्न्यास नलिने मेस्सीको घोषणा

फुटबलबाट सन्न्यास नलिने मेस्सीको घोषणा

दोहा । फिफा विश्वकप कतार २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने घोषणा गरेका छन्। आइतबार राती कतारको लुसेल रंगशालामा भएको फाइनल खेलमा बिजेता भएपछि कप्तान मेस्सीले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उपाधि जितेपछि उनलाई भविष्यबारे गरिएको प्रश्नमा मेस्सीले भने, ‘यो कप हेर्नुहोस् कति सुन्दर छ। यसका लागि हामीले निकै मिहिनेत गरेका छौं। म अर्जेन्टिना...
इन्जो फर्नान्डेज बने विश्वकपको उत्कृष्ट युवा खेलाडी

इन्जो फर्नान्डेज बने विश्वकपको उत्कृष्ट युवा खेलाडी

काठमाडौ । अर्जेन्टिनाका इन्जो फर्नान्डेजले विश्वकपको उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन्। विश्वकपमा उनले १ गोल गरेका थिए।२१ वर्षीय फर्नान्डेजले समूह चरणको दोस्रो खेलमा मेक्सिकोविरुद्ध गोल गरेका थिए। जुन खेल अर्जेन्टिनाले २–० ले जितेको थियो। विश्वकपमा उनले ७ खेल खेलेका थिए।सेन्टर मिडफिल्डर उनी व्यवसायीक फुटबल भने बेनिफिकाबाट खेल्छन्। अन्य अवार्ड पनि अर्जेन्टिनाकै बर्चश्व रहेको छ। गोल्डेन बल कप्तान लियोनल मेस्सीले...
विश्वकप फाइनलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी

विश्वकप फाइनलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी

काठमाडौं । फ्रेन्च सुपरस्टार केलिएन एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि १९६६ मा इंग्ल्याण्डका जिओफ हर्स्टले फाइनलमा ह्याट्रिक गरेका थिए । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेइन पीएसजीका एम्बाप्पेले अर्जेन्टिनाले दुईपल्ट अग्रता लिएको अवस्थामा गोल गरी खेल बराबरीमा ल्याए । पहिलो हाफमै अर्जेन्टिनाले २ गोलको अग्रता बनाएर फ्रान्सलाई दबावमा राखेको...
५६ वर्षपछि विश्वकपमा ह्याट्रिक गर्ने खेलाडी बने एम्बाप्पे

५६ वर्षपछि विश्वकपमा ह्याट्रिक गर्ने खेलाडी बने एम्बाप्पे

दोहा । फ्रेन्च फरवार्ड किलियान एम्बाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरेका छन्। कतारमा जारी विश्वकपको फाइनलमा आइतबार अर्जेन्टिनाविरुद्ध एम्बाप्पेले ह्याट्रिक हानेका हुन्। यसअघि सन् १९६६ मा इङ्लिस खेलाडी जियोफ हर्स्टले वेस्ट जर्मनीविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए।
अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप

अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप

दोहा।अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ। आइतबार राति कतारको दोहास्थित लुसेल रंगशालामा अतिरिक्त समयसम्म २–२ को बराबरी भएपछि नतिजा टाई ब्रेकरबाट लिइएको थियो। पेनाल्टीमा फ्रान्सका किङ्ग्स्ली कोम्यान र औरेलिन चोआमेनी गोल गर्न चुक्दा अर्जेन्टिना विजयी भयो।कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको थियो। मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता...
विश्वकप विजेताले कति पाउँछन् पुरस्कार ?

विश्वकप विजेताले कति पाउँछन् पुरस्कार ?

काठमाडौं । कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ। दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुवै टोली दुई पटक च्याम्पियन भएका छन्। अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो। यसैगरी फ्रान्सले सन् १९९८ र २०१८ उपाधि जितेको हो।कतार विश्वकप खेलमात्रै हैन, यसबाट...
विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सको भिडन्त

विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सको भिडन्त

काठमाडौं । २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ गरेर दुई पटक विश्वकपको उपाधि उचालेको छ। सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेर...
मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया

मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया

दोहा। फिफा विश्वकपको तेस्रो स्थानका लागि शनिबार राति भएको प्ले अफमा मोरक्कोलाई २–१ गोलको नतिजामा पराजित गर्दै क्रोएसियाले कास्य पदक जितेको छ। क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो भने मोरक्को साविक विजेता फ्रान्ससँग स्तब्ध बनेको थियो। दुवै सेमिफाइनलमा पराजित भएका टिम खलिफा अन्तर्राष्ट्रिय रंगशालामा आमनेसामने हुँदा क्रोएसियाले बाजी मार्यो। जोस्को भार्डियोलले सातौं मिनेटमा गरेको गोलसँगै साविक उपविजेता क्रोएसियाले अग्रता लिएको थियो।...
विश्वकप फाइनल पोल्यान्डका मार्चिनियाकले खेलाउने

विश्वकप फाइनल पोल्यान्डका मार्चिनियाकले खेलाउने

काठमाडौं । पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन्। लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए। मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्। कतारका अब्दुलरहमान अली जासिमले...
टिममा फ्लु फैलिएपछि विश्वकप फाइनलअघि तनावमा फ्रान्स

टिममा फ्लु फैलिएपछि विश्वकप फाइनलअघि तनावमा फ्रान्स

दोहा । फिफा विश्वकपको आइतबार हुने फाइनलको तयारीमा रहेको फ्रेन्च फुटबलमा टिममा फैलिएको फ्लुबाट तीन खेलाडी ग्रसित भएका छन्। मोरक्कोविरुद्ध बुधबार भएको क्वार्टरफाइनलमा सोही फ्लुका कारण एड्रियन राबियो र डायोट उपामेकानो खेलेका थिएनन्। त्यो दिन टिममा भएर पनि प्रयोगमा नआएका किङ्स्ले कोम्यानलाई पनि फ्लु देखिएपछि फ्रेन्च प्रशिक्षक डिडियर देस्च्याम्प र उनको टेकनिकल टिम तनावमा परेको छ। उपामेकानो भने आइतबारसम्म ठीक हुने...

ग्लोबल दर्पण